महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथमा आएका साधु सन्तहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको छ ।

शुक्रवार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित साधु सन्तहरूलाई बिदाइ गरेको हो ।

गुठी संस्थानका सहायक प्रशासक बैकुण्ठप्रसाद रेग्मीका अनुसार वर्गअनुसार दुई सयदेखि ९ हजारसम्म दक्षिणा दिइएको छ ।

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ ।

पहिले साधु सन्तहरूलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =