सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ? 

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =