ट्रम्प भन्छन्- युक्रेनले नाटोमा सामेल हुने कुरा बिर्सियोस्
२०८१ फागुन १६ गते

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो)मा सामेल हुने कुरा बिर्सिनपर्ने बताएका छन् ।
नाटोकै कारण रुससँग अहिलेसम्म युद्ध भइरहेको भन्दै उनले नाटोमा सामेल हुनेकुरा बिर्सिन आग्रह गरे । कीभ र मस्को बीचको तीन वर्षको द्वन्द्वको लागि शान्ति मध्यस्थता गर्ने प्रयास गरिरहनुभएका ट्रम्पले युक्रेनलाई हाल रूसले कब्जा गरेको जति धेरै युक्रेनी भूभाग फिर्ता लिन दिने प्रयास गर्ने बताए ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन नाटोको सदस्य बन्नसक्छ आफू राष्ट्रपति पद त्याग्न इच्छुक रहेको बताएका थिए ।
२०८१ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








