सुनको मूल्यमा फेरि गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =