बढेको बढ्यै सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?
२०८१ फागुन १२ गते

काठमाडौं । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
२०८१ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित








