एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पाँचवटा फ्लड लाइट जडान गरियो

काठमाडौं । नेपाली क्रिकेटको पूर्वाधार विकासमा अर्को महत्वपूर्ण उपलब्धि हासिल भएको छ । रुपन्देहीको तिलोत्तमा १७ मा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पाँचवटै फ्लड लाइटको जडान कार्य सम्पन्न भएको हो ।

फ्लड लाइटको जडानसँगै नेपाली क्रिकेटले नयाँ चरणमा प्रवेश गरेको प्रबन्ध निर्देशक विनोद कुँवरले बताए । उनकाअनुसार आजदेखि फ्लड लाइटको परीक्षण कार्य प्रारम्भ गरिनेछ ।

यसअघि सुरक्षा कारण देखाउँदै तीन दिनसम्म दर्शकलाई मैदान प्रवेश नगर्न अनुरोध गरिएको थियो । उक्त अनुरोधलाई स्वीकारी सहयोग गरेकोमा उनले क्रिकेट प्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । अब दर्शकहरू मैदान अवलोकन गर्न सक्नेछन् ।

तर प्रधानमन्त्री कप क्रिकेटको तयारीका कारण मैदानभित्र प्रवेश भने हाललाई रोक लगाइएको छ । नेपाली क्रिकेट प्रेमीहरूको साथ, समर्थन र हौसलाले देशमा खेलकुदको विकासलाई थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =