फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८१ फागुन ११ गते

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
२०८१ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








