चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै केबलकार टिकटमा छुट दिने
२०८१ फागुन ९ गते

काठमाडौं । महाशिवरात्री को पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ ।
महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो ।
महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत संचालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने भएको छ ।
चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
२०८१ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








