युवक मृत्यु प्रकरण : दुई जना प्रहरीको नियन्त्रणमा
२०८१ फागुन ८ गते

सांकेतिक तस्बीर ।
काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, ‘हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।’ मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
२०८१ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








