नेपालले युगान्डासँग शृङ्खला खेल्ने, यु–१९ का तीन खेलाडी बन्द प्रशिक्षणमा
२०८१ फागुन ६ गते

काठमाडौं । नेपाली महिला क्रिकबेट टोलीले युगान्डासँग शृंखला खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघले मंगलबार युगान्डा भ्रमणका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानकाअनुसार शृंखला मार्च ६ देखि १७ सम्म हुनेछ । शृंखला कुन फम्र्याटमा हुन्छ भनेर खुलाइको छैन ।
यु–१९ टोलीका साना प्रविन, सीमाना केसी र रिया शर्माले पहिलोपल्ट सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका छन् । यसैगरी भर्खरै सम्पन्न त्रिकोणात्मक शृंखला खेलेका सीता रानामग र कविता कुँवरलाई टोलीमा राखिएको छैन ।
नेपाली टोली ः इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सबनम राई, सोभा रोकाय, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन, सीमाना केसी, रिया शर्मा
२०८१ फागुन ६ गते
प्रतिक्रिया
सम्बन्धित








