भारतमा नेपाली विद्यार्थीको मृत्यु घटना : अनुसन्धान गर्न माग गर्दा उल्टै धरपकड

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी होस्टलमा मृत भेटिएपछि नेपाली विद्यार्थीहरु आन्दोलित भएका छन् ।

कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बुटवलकी प्रकृति लम्साललको शंकास्पद मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । तर, प्रदर्शनरत नेपाली विद्यार्थीहरुमाथि कलेज प्रशासनले धरपकड गरेको छ ।

आइतबार उनी कलेजको होस्टलभित्र मृत अवस्थामा फेला परेकी थिइन् । गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरुलाई उल्टै कलेजबाट निकालिएको विद्यार्थीहरु बताउँछन् ।

कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको द न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । लम्सालले आत्महत्या गरेको दाबी गर्दै कलेजले विज्ञप्ति जारी गरेको छ ।

लम्सालको अर्का विद्यार्थीसंग प्रेम सम्बन्ध रहेको आशंका कलेजको छ । उनी बी-टेक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी थिइन् ।

मृतकको पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी छ । यस कलेजमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =