ग्रेनाइटले सजाइँदै दरबारमार्गको फुटपाथ (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबारमार्गको फुटपाथमा ‘ग्रेनाइट’ बिछ्याउन सुरु गरेको छ ।

महानगरले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्ग देखि महेन्द्र सालिकसम्म दुवैतर्फ फुटपाथमा ग्रेनाइट लगाउन थालेको हो ।

महानगर सार्वजनिक निर्माण विभाग अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म हुनेछ । फुटपाथमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ ।

फुटपाथको बिचमा रहेको रुखहरूमा चिल्लो खालको ग्रेनाइट लगाइएको छ भने भुँइमा देख्दा चिल्लो तर खस्रो खालको ग्रेनाइटले फुटपाथ सजाइएको छ ।

महानगरले सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिलाई ठेक्का दिएको छ । गत वर्ष ६ चैतमा महानगरले निर्माण पक्षसँग सम्झौता गरेको थियो । चालु आव माघ मसान्तसम्म सक्काउनुपर्ने सम्झौता रहेकाले अहिले धमाधम काम भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =