महिला टी-२०आई शृंखला
हार शृंखलाअन्त्यको लक्ष्यका साथ मैदान उत्रिँदै नेपाल, चौथो जितको खोजीमा थाइल्याण्ड
२०८१ माघ २२ गते

काठमाडौं । त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा मंगलबार नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।
लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । तर अपराजित रहेको थाइल्याण्डसामु नेपालका लागि त्यति सहज भने छैन ।
शृङ्खलामा लगातार तेस्रो जित हात पारेको थाइल्याण्ड ६ अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड्सले चार खेलमा ४ अंक जोडेको छ । नेपाल भने अंकविहीन छ ।
२०८१ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








