‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडका सबै कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् ।

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका सबै कर्मचारीहरूले सो प्रतिज्ञा गरेका हुन् ।

नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसको रुपमा मनाउन घोषणा गरे अनुरूप बैंकले सो दिवस मनाएको हो ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पूर्ण कर्मचारीहरूलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराएका थिए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले समेत आ–आफ्ना कार्यालयहरूमा प्रतिज्ञा लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =