नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा प्रदर्शनी मार्गमा स्थानान्तरण
२०८१ माघ १३ गते

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडा भित्र प्रदर्शनी मार्गमा १३ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डे ले सो शाखाको उद्घाटन गरे । यस शाखाबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए । प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।
हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ । शाखा सञ्जाल बैंकको वेबसाइटबाट पनि हेर्न सकिन्छ : Branch List
२०८१ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








