भारतको नयाँ दिल्लीमा एनएडिए, एयसडिसि र एसिएमए बिच सम्झौता

काठमाडौँ । यही २०२५ को जनवरी १९ मा भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमावोइल्स एशोसिएशन अफ नेपाल (NADA), अटामोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (ASDC), र अटामोटिभ कम्पानेण्ट म्यानुफयाक्चर्स एशोसिएशन (ACMA) बिच त्रिपक्षीय चार बुँदे सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा एनएडिएकातर्फबाट अध्यक्ष करण चौधरी, एयसडिसीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसिएमएकोतर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन ।

उक्त चार बुँदे सम्झौताहरूलाई तल उल्लेख गरिएको छ ।

  • यस सम्झौताले एएसडीसी, एनएडिए र एसीएमएबीच सहकार्यात्मक साझेदारीको खाका तय गरेको छ जसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिंग र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढवा दिन नेपालको अटामोवाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू, मुल्यांकनकर्ताहरू र नाडा व्यवसायीहरूलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
  • अटामोटिभ उद्योग, जसले यसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको एक महत्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ, यसको विकासलाई टेवा पु¥याउन, गुणस्तर र तालिम क्षमताहरूको दुरीलाई सम्बोधन र यसको वृद्धिका लागि गुणस्तरीय तालिम क्षमताहरू उपलब्ध गराउनेछ ।
  • तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरू पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न सिप विकाशका तालिमकर्ताहरू र मुल्यांकर्ताहरूको विकास गरिनेछ । र
  • भारतको अटामोटिभ क्षेत्रको लागि सिप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिभरी, र मूल्याङ्कन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसंग मिलेर नेपाली अटामोटिभ क्षेत्रलाई फाइदा पुर्याउनेकार्य गर्नेछन, भनिएको छ ।

यो ऐतिहासिक त्रिपक्षीय सम्झौता नेपाल र भारतबिचमा खासगरी नेपालको अटोमोवाइल क्षेत्रको सिप विकासको लागि कोशेढङ्गा साबित हुने गहिरो विश्वास एनएडिएले लिएको छ ।
यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा एनएडिएका अध्यक्ष करण चौधरीको नेतृत्वमा एनएडिए केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।

सो हस्ताक्षर समारोहमा एयसडिसीकातर्फबाट अध्यक्ष एफ।आर। सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट कोओर्डिनेटर नितिशकुमार चौरसिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सिएमएकातर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्ष विक्रमपती सिंघानिया र रितुन्च गुप्ता समेतको उपस्थिति रहेको थियो । त्यस्तै एनएडिएकातर्फबाट निवर्तमान अध्यक्ष डा। ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबुश्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =