नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्दै

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेको छ ।

दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिइन् ।

पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बङ्गलादेशसँगै अस्ट्रेलिया र स्कटल्यान्ड छन् ।

नेपालको प्लेइङ–११ : पूजा महतो (कप्तान), सना प्रवीण, अलिशाकुमारी यादव, सावित्री धामी, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, कृष्मा गुरुङ, ज्योत्सनिका मरासिनी, सिमाना केसी र अनु कडायत ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =