आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८१ माघ ६ गते

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
२०८१ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








