प्रधानमन्त्री कप क्रिकेट
गण्डकीलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी विजयी
२०८१ माघ ४ गते

धनगढी । प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६।२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
लुम्बिनीका लागि प्लेयर अफ द म्याचसमेत चुनिएकी सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० र आङ्गी पाठकले १८ रन बनाइन् । गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन् । यसअघि गण्डकीले पूरै २० ओभर खेलमा ४ विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।
गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाइन् । लुम्बिनीका लागि मनिष रानाले २, मधु डीसी र आङ्गी पाठकले १–१ विकेट लिइन् ।
२०८१ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित








