जिल्ला अदालत काठमाडौँमा हाजिर हुँदै रवि लामिछाने
२०८१ पुस २८ गते

फाइल फोटो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । लामिछानेमाथि काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीमा ठगीको अभियोग लागेकाले उनी अदालतमा आफैँ हाजिर हुन लागेका हुन् ।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ गते धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौं आइपुगेका थिए । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने आज अदालतमा हाजिर हुनेछन् ।
उनविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन सहकारी र पर्साको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दाहरू पनि दर्ता हुने प्रक्रिया चलिरहेको छ ।
२०८१ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित








