सुदूरपश्चिमले पोखरालाई दियो १ सय ५४ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १ सय ५४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रन जोड्यो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । ब्राण्डन मक्मुलनले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे । विनोद भण्डारी १४ रन जोड्दै आउट भए ।

हर्मित सिंहले १३ रनको योगदान दिए । सैफ जैबले ९ रन जोडे । इशान पाण्डे १० रन बनाउँदै रिटार्यट आउट भए ।

स्कट कुग्गेलिजनले २ रन थपे भने नरेश बुढायर ६ रनमा नट आउट रहे ।

बलिङमा भने पोखराका लागि कप्तान कुशलले २ तथा रेमन राइफर, माइकल लिस्क र सागर ढकालले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =