रोहित र जफरको शतकीय साझेदारीमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । कप्तान रोहित पौडेलको सानदार ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।

पाचौँ विकेटका लागि कप्तान रोहित पौेडेल र साद विन जफरले १ सय १४ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हालेका थिए । रोहितले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रनको योगदान गरे । साद बिन जफरले ५२ रन बनाए । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

सुरुवातमा ४ विकेट गुमाएर धरापमा आएको लुम्बिनीको ब्याटिङलाई रोहित र जफरको साझेदारीले सन्तुलित बनायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =