लुम्बिनीले टस जित्यो, सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला बलिङ गर्ने (प्लेइङ-११)

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । कीर्तिपुरस्थिती टियु मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

जारी एनपस्एलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो ।

लुम्बिनी लायन्सको प्लेइङ-११
रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, सुर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, टम मुर्स, उन्मुक्त चन्द(विकेटकिपर), साद वीन जाफर र रेमन सिमोन्डस

सुदूरपश्चिम रोयल्स प्लेईङ-११
दीपेन्द्रसिंह ऐरी, बसन्त खत्री, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =