एनपीएल : जनकपुरविरुद्ध पहिला ब्याटिङमा पोखरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो तेस्रो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गरिरहेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति टस जितेर जनकपुरका कप्तान अनिल साहले फिल्डिङको निर्णय लिँदै पोखरालाई ब्याटिङमा निम्त्याएका हुन् । एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो ।

यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो ।

प्रतियोगितामा पोखराको भने यो दोस्रो खेल हो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो । पोखरा आज पहिलो जितको खोजीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =