सिभिल मलमा चार घण्टासम्म नि:शुल्क पार्किङ गर्न सकिने

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा चार घण्टासम्म नि:शुल्क रुपमा पार्किङ गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र काठमाडौंको सुन्धारा स्थित सिभिल मलबीच एससिटी-युपिआइ कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु गरिएको हो ।

यस सेवा अन्तर्गत एससिटी यूपिआई कार्डधारकहरूले उक्त कार्ड देखाएर सुन्धारास्थित सिभिल मलको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्नेछन् । यही मंसिर १६ गतेदेखी सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुनेछ ।

एससिटी यूपिआई डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससिटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन् ।

एससिटी यूपिआई कार्डधारकहरूले आगमी दिनहरूमा पनि यस्तै किसिमका अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =