लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु

कैलाली । कैलाली स्थित लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ । आज लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले नयाँ भवनको शिलान्यास गरिन् ।

बिरामीको चापलाई मध्यनजर गर्दै नगर अस्पतालको स्तरोन्नति गरी २५ श्ययाको अस्पताल सञ्चालन गर्ने उद्देश्यले नयाँ भवन निर्माण गर्न लागिएको उनले बताइन् । नयाँ भवन निर्माण भएपछि बिरामीलाई सेवा दिन सहज हुने उनको भनाइ छ ।

हाल लम्कीचुहा नगरपालिकामा दैनिक तीनदेखि चार सय बिरामीले सेवा लिइरहेका छन् । सेवाग्राहीलाई सेवा दिन पर्याप्त भवनको अभाव भएकाले नयाँ भवन निर्माण हुन लागेको अस्पतालका व्यवस्थापन प्रमुख जयन्द्र जैशीले बताए । लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको भवन अढाई तलाको हुनेछ ।

पहिलो चरणमा एक तलाको काम चालु आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य छ । हाल १५ श्ययाको अस्पताल भवन निर्माणसँगै २५ श्यामा स्तरोन्नति गरिने जैशीले बताए । उनले भने, ‘नगरपालिकाको वडा नं १० मा ५० श्ययाको प्रादेशिक अस्पताल निर्माण भइरहेको छ । भल्कामा नगर अस्पतालको स्तरोन्नतिको काम भइरहेको छ ।’ लम्कीचुहा नगर अस्पतालले हाल २४ सै घण्टा आकस्मिकलगायत प्रयोगशाला सेवा दिइरहेको छ । चुहाको प्रादेशिक अस्पताल सञ्चालन भएमा विशेषज्ञसहितको सेवा सञ्चालन गर्न सहज हुने र एकीकृत रुपमा अस्पताल सञ्चालन गरिने व्यवस्थापन प्रमुख जैशी बताउँछन् ।

भवन निर्माणको जिम्मा मालिकामण्टा बेतालमाडौँ कन्स्ट्रक्सन लम्कीचुहा–६ गुलराले पाएको छ । भवन दुई करोड २७ लाख २१ हजारमा निर्माण हुन लागेको हो । बहुवर्षीय ठेक्कामा निर्माण हुन लागेको भवनको लागत १४ करोड अनुमान गरिएको अस्पतालका सञ्चालक सदस्य खडानन्द सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =