अस्ट्रेलिया १०४ रनमा अल आउट, भारत ४६ रनले अगाडि
२०८१ मंसिर ८ गते

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको टेस्ट खेलको पहिलो इनिंगमा ४६ रनको अग्रता लिएको छ । अस्ट्रेलिया पहिलो इनिंगमा १०४ रनमा अल आउट भएसँगै भारतले अस्ट्रेलियाविरुद्ध ४६ रनको अग्रता लिएको हो ।
यसअघि भारतले आफ्नो पहिलो इनिंगमा १५० रन बनाएको थियो । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक २६ रन बनाए भने एलेक्स केरीले २१ रन बनाएका थिए । अस्ट्रेलियाको ब्याटिङ लाइनलाई ध्वस्त बनाउने क्रममा भारतीय बलर जसप्रित बमराहले ५ विकेट लिएका थिए भने हर्षित रानाले ३ र मोहमद सिराजले २ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले १५० रन बनाउँदा अल आउट भएको थियो । यस खेलमा भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तानी गरेका छन् ।
२०८१ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








