मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
२०८१ कार्तिक २१ गते

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे चोकमा बुधवार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आज साँझ सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्र ०२–०२१प ८१२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–६ भोलाछें घर भई हाल भक्तपुर कटुञ्जे बस्ने ६९ वर्षीया विमला प्रधानाङ्गको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
दुर्घटनालगत्तै मोटरसाइकलसहित फरार चालक रामेछाप सुनापाती गाउँपालिका–५ घरभई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने २६ वर्षीय दिपक मानन्धरलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको हिरासतमा राखेर अनुसन्धानसहित थप कार्य अगाडि बढाइएको उनले बताए ।
२०८१ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित








