कोहलपुरमा भेटियो टाउको विनाको शव,अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका ८ सरस्वती चोक स्थित बङला टोलमा आइतबार एक जनाको टाउको बिनाको शव भेटिएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ८ का अन्दाजी ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव भेटिएको बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) आयुष जोशीले मकालुखबरलाई जानकारी दिए ।

डिएसपी जोशीका अनुसार हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गरी जीवन यापन गर्दै आएका थिए । शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ ।

घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =