पहिलो जितको खोजिमा सन्दीप र दीपेन्द्रको टोली भ्यानकुभर
२०८१ साउन १६ गते

भ्यानकुभर नाइट्सले ग्लोबल ट्वान्टी–२० क्रिकेट लिगमा बुधबार ब्राम्पटन वुल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध टोली पहिलो जितको खोजिमा छ।
खेल राति १स्४५ बजे सुरु हुनेछ। लिगका तीन खेलमा लगातार पराजित भ्यानकुभर नाइट्स लिगको एकमात्र जितबिहिन टोली हो।
पहिलो खेलमा टोरेन्टो नेसनलसँग आठ विकेटले पराजित भएको भ्यानकुभर नाइट्स दोस्रो खेलमा बंगला टाइगर्ससँग २२ रनले स्तब्ध भयो।
तेस्रो खेलमा भने जितनजिक पुगेर पनि मन्ट्रियल टाइगर्ससँग १० रनले पराजित भएको थियो।
त्यसैले ब्राम्पटनविरुद्धको खेलमा भ्यानकुभर नाइट्स पहिलो जितको खोजिमा हुनेछ।
ब्राम्पटनको दुई अंक छ।
२०८१ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित








