क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त हुनुहुन्छ-प्रधानमन्त्री ओली
२०८१ साउन ९ गते

सौर्यको एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त रहेका छन्।
सिनामंगलस्थित केएमसी अस्पतालको आईसीयूमा उपचाररत क्याप्टेन शाक्य खतरामुक्त रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका हुन्।
ओलीले बुधबार बेलुका क्याप्टेन शाक्य र उनका परिवारलाईै अस्पतालमै पुगेर भेटेका थिए।
अस्पतालबाट फर्किएपछि ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँलाई आईसीयूमा उपचार गरिएको छ । चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ।’
प्रधानमन्त्री ओलीले अब यस्तो कहिल्यै नहोस् भन्ने कामना पनि गरेका छन् ।
बुधबार सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ।
बिमान चालक शाक्य भने बच्न सफल भएका छन्।
२०८१ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित









