बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीद्वारा शपथग्रहण
२०८१ साउन ९ गते

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथग्रहण गरेका छन् ।
बुधवार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट लामाले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
त्यस्तै प्रकाश श्रेष्ठ कृषि तथा पशुपंक्षी विकासमन्त्री, अमनकुमार मास्के भौतिक पूर्वाधार विकासमन्त्री, किरण थापा मगर स्वास्थ्यमन्त्री, कृष्णप्रसाद सिलवाल, वन तथा वातावरणमन्त्री, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायातमन्त्री, सुकुमाया तामाङ उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीको शपथ ग्रहण गरेका छन् ।
त्यस्तै कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का, मधुकुमार श्रेष्ठले पनि शपथ ग्रहण गरेका छन् । काफ्ले, खड्का र श्रेष्ठको जिम्मेवारी भने तोकिएको छैन ।

२०८१ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित








