प्राधिकरणले काटेका ६ उद्योगमा जोड्यो विद्युत
२०८१ साउन ८ गते

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम नतिरेको भन्दै काटेका ६ वटै उद्योगमा लाइन जोडेको छ।
प्राधिकरणको सञ्चालक समितिको निर्णयपछि मंगलबार साँझ विद्युत् जडान गरिएको हो।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय गरेको थियो।
उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो ।
२०८१ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








