पाकिस्तानविरुद्ध २६ रन जोडेर आउट भइन् सीता
२०८१ साउन ६ गते

एसिसी महिला ट्वान्टी-२० एसिया कपमा नेपालले छैटौं विकेट गुमाएको छ। पाकिस्तानविरुद्ध ओपनर सीता राना मगर २६ रन जोडेर आउट भएकी हुन्।
१४ औं ओभरको अन्तिम बल अघि दोहोर रन बनाउँन खोज्दा उनी रन आउट भएकी थिइन्। सीताले ३० बलमा सर्वाधिक २६ रन बनाइन्।
नेपालले १५ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा ६८ रन बनाएको छ।
यसअघि रुबिना क्षेत्री ८ रन जोडेर रन आउट भएकी थिइन्।
सम्झना खड्का४, कविता कुंवर १३ र कप्तान इन्दु बर्मा शून्य रनमा आउट भएका थिए।
२०८१ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








