पाकिस्तानविरुद्ध नेपालले गुमायो चौथो विकेट, रुबिना पनि आउट
२०८१ साउन ६ गते

एसिसी महिला ट्वान्टी(२० एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध खराब ब्याटिङ गरेको छ।
पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको नेपालले लगातार विकेट गुमाएको हो। नेपालले ९.२ ओभरमा ४० रन जोड्दा ४ विकेट गुमाएको हो।
नेपालकी रुबिना क्षेत्री ८ रन जोडेर रन आउट भइन्।
यसअघि नेपालका लागि सम्झना खड्का, कविता कुंवर र कप्तान इन्दु बर्मा आउट भएका थिए।
सीता राना मगर १५ रन बनाएर खेलिरहेकी छन्। अहिले पूजा महतो क्रिजमा आएकी छन्।
नेपालले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो। पाकिस्तान भारतसँग पराजित भएको थियो। नेपालले आजको खेल जिते अघिल्लो चरण प्रवेश गर्ने छ।
२०८१ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित








