एनओसीद्वारा खेलाडीलाई किट्स प्रदान

काठमाडौं । पेरिस ओलम्पिक २०२४ खेल्ने खेलाडीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले किट ब्याग प्रदान गरेको छ ।

सातदोबाटोस्थित आफ्नै भवनमा एक कार्यक्रम आयोजना गर्दै एनओसीले पेरिस ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई किट ब्याग प्रदान गरेको हो ।

आगामी जुलाई २६ देखि फ्रान्सको राजधानीमा पेरिस ओलम्पिक २०२४ शुरु हुँदैछ । उक्त ओलम्पिकमा नेपालका सात जना खेलाडीले चुनौति प्रश्तुत गर्दैछन् ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ र सुटिङकी सुनिता नेपालका साथै उनीहरूका प्रशिक्षकलाई किट ब्याग प्रदान गरेका हुन् ।

त्यस्तै टेबल टेनिसका स्यान्टु श्रेष्ठ र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाहले पनि पेरिस ओलम्पिकमा चुनौती प्रश्तुत गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =