नौबिसे–मलेखु सडक खण्ड १५ दिनसम्म राति बन्द हुने
२०८१ असार २५ गते

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ। नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै असार २६ गतेबाट राति बन्द गर्न लागिएको जानकारी गराएको हो।
राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द हुने आयोजनाले जनाएको छ। उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ।
यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकाय लगायतका भने चल्न पाउनेछन्।
आयोजनाले यो सडक खण्डमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन, ओभर टेक नगर्न आह्वान गरेको छ। यो सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने छ।

२०८१ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








