भारतविरुद्ध टस जित्दै इङ्ल्यान्डले फिल्डिङ रोज्यो
२०८१ असार १३ गते

आईसीसी टि २० विश्वकप क्रिकेटमा इङ्ल्यान्डले टस जितेर फिल्डिङ रोजेको छ। भारतले पहिले ब्याटिङ गर्ने भएको छ। वर्षाका कारण प्रभावित भएको खेल ढिलो गरी सुरु हुन लागेको हो।
भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको हो।
उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर ८ मा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।
सन् २०१४ पछि भारत उपाधितर्फ अगाडी बढ्न वर्षाको फाइदा पनि उसलाई हुन सक्ने देखिएको छ।
फाइनल पुग्ने टोलीले आगामी जुन २९ मा दक्षिण अफ्रिकासँग उपाधिका लागि भिड्न पर्नेछ।
२०८१ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








