आयरल्याण्ड १६ ओभरमै अलआउट, भारतलाई ९७ रनको लक्ष्य
२०८१ जेठ २३ गते

टि २० विश्वकप क्रिकेटमा आयरल्याण्डले भारतलाई ९७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर भारतले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमै अलआउट भएको हो।
उसले १६ औं ओभरको अन्तिम बलमा अलआउट हुनु पहिले मात्रै ९६ रन बनाउन सक्यो।
नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, न्यूयोर्कमा समूह ए को पहिलो खेलमा भारतले सहज लक्ष्य पाएको हो।
आयरल्यान्डका ग्यारेथ डेलानीले सर्वाधिक २६ रन बनाए। १४ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। जोश लिटिल १४, कर्टिस कैम्फर १२ र लोर्कन टकर १० रनमा आउट हुँदा बेन व्हाइट दुई रनमा अविजित रहे।
भारतका हार्दिक पाड्याले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुहराहले समान दुई विकेट लिँदा मोहम्मद सिराज र अक्षर पटेलको नाममा समान एक विकेट रह्यो।
२०८१ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








