३५ रन बनाएर आउट भए विश्वकपकै कान्छा कप्तान रोहित पौडेल
२०८१ जेठ २२ गते

आईसीसी टि २० विश्वकप क्रिकेट अन्तरगत नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ।
टि २० विश्वकपकै कान्छा कप्तान समेत रहेको नेपालका कप्तान रोहित पौडेल ३५ रन जोडेर आउट भएका हुन्। यो सँगै नेपालले सातौँ विकेट गुमाएको छ।
१६ औं ओभरको अन्तिम बलमा रोहित क्याचआउट हुन पुगे। १६ ओभरको खेल सकिँदा नेपालले ७ विकेटको क्षतिमा ८४ रन बनाएको छ।
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








