विश्वकपमा नेदरल्याण्डस्विरुद्ध खेल्ने प्लेइङ ११ यस्तो छ
२०८१ जेठ २२ गते

नेदरल्याण्ड्स्विरुद्ध खेल्ने नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित प्लेइङ ११ सार्वजनिक भएको छ। नेपालको टोलीमा कप्तान पौडेलसँगै कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सागर ढकाल र अभिनास बोहरा टोलीमा समेटिएका छन्।
आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तरगत नेपाल र नेदरल्याण्ड्सबीचको खेल केहीबेरमा सुरु हुने भएको छ। नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ।
नेपाली समयअनुसार सवा ९ बजे राति सुरु हुने भनिएको यो खेल वर्षाले मैदान प्रभावित भएपछि आधाघण्टा पछि सारिएको हो।
अहिले खेल हुने डालसमा वर्षा रोकिएको छ। पौने १० बजे खेल सुरु गर्ने तयारी रहेको आईसीसीले जानकारी दिएको छ।
नेपालले १० वर्षपछि दोस्रो पटक विश्वकप खेल्न लागेको हो।
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








