विश्वकप अघिको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दै, नेपाल पहिले फिल्डिङमा
२०८१ जेठ १७ गते

आइसीसी टि २० विश्वकप अन्तर्गत दोस्रो वार्म अप खेलमा अमेरिकाले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ।
टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा टस जितेर अमेरिकाले ब्याटिङ रोजेको हो। सवा ९ बजे नै हुने भनिएको खेल वर्षाका कारण प्रभावित भएको छ।
यसअघि पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको पराजित भएको थियो।
२०८१ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








