मुख्यमन्त्री हिक्मत कार्कीले गरे पदभार ग्रहण
२०८१ वैशाख २७ गते

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गरे लगतै मुख्यमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि कार्कीले मन्त्रीपरिषद्को बैठक पनि बोलाएका छन् ।
बैठकले विश्वासको मत लिनेबारे निर्णय गर्ने बताइएको छ। जतिसक्दो छिटो विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ।
२०८१ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित








