सुदूरपश्चिम प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ
२०८१ वैशाख २७ गते

बझाङ क्षेत्र नम्बर ९१० मा उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेशका सभामुख भीमबहादुर भण्डारीले बिहीबार उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा ९एमाले०का भण्डारी विजयी भएका थि।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पछि पार्दै निर्वाचित भएका हुन्। यसअघि यो क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए।
तर कांग्रेस उम्मेदवारको मृत्यु भएपछि उप चुनाव भएको हो।
यसअघि २०७९ को निर्वाचनमा निर्वाचित कांग्रेसका प्रदेशसभा सदस्यको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
२०८१ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित








