अनिल साह १ रनमै आउट, क्रिजमा फर्किए लोकेश
२०८१ वैशाख १६ गते

वेस्ट इन्डिजविरुद्ध ओपनर लोकेश बम रिटायर्ड हर्ट भएपछि ब्याटिङमा गएका अनिल साहले पनि खराब प्रदर्शन गरेका छन्।
अनिल मात्रै एक रन बनाएर आउट भएका हुन्। अनिलले ५ बल खेल्दा मात्रै एक रन जोड्न सके। यसअघि कुशल भुर्तेल पनि ८ बल खेल्दा मात्रै २ रन जोडेर आउट भएका थिए।
२ विकेट गुमाएसँगै नेपाल दबाबमा परेको छ।
नेपालका ओपनर लोकेश बम रिटायर्ड हर्ट भएका छन्। लोकेशले ११ बलमा १७ रन जोडेपछि घाइते हुन पुगेका थिए। तर उनी केहीबेरको उपचारपछि क्रिजमा फर्किएका छन्।
१६१ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरको खेल सकिँदा मात्रै २३ रन बनाएको छ। अहिले कप्तान रोहित पौडेल र लोकेश बम क्रिजमा छन्।
२०८१ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








