लोकेश बम रिटायर्ड हर्ट, कुशल भुर्तेल आउट
२०८१ वैशाख १६ गते

वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गरिरहेका नेपालका ओपनर लोकेश बम रिटायर्ड हर्ट भएका छन्। चौथो ओभरको पहिलो बल फेस गर्ने क्रममा उनी घाइते हुन पुगेका हुन्।
उनी रिटायर्ड हर्ट भएपछि अनिल साह आएका छन्।
तर यही ओभरमा नेपालले कुशल भुर्तेललाई पनि गुमाएको छ। भुर्तेलले ८ बल खेल्दा मात्रै २ रन जोडेर आउट भए। लोकेशले ११ बलमा १७ रन जोडेका छन्।
वेस्ट इन्डिजले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अहिले क्रिजमा अनिल र कप्तान रोहित पौडेल छन्।
२०८१ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








