मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु
२०८१ वैशाख ९ गते

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।
बहुदरमाई नगरपालिका(५ पटनीपुलस्थित सडकमा बीआर २२ एएल ७९४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो।
दुर्घटनामा चालक भारत मैनाटार बस्ने २६ वर्षीय जोगिन्द्र रामको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
२०८१ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित








