गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन : राजेन्द्र महतो

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सुरुवात गरेका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मच्चाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पारे । उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आइरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए । उनले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने बताए । अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न नसकेको बताए ।

उनले भने ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक छ ।’ अगाडी भने ‘अहिले नेपाल एकल राज्यको रुपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरूको देश बनाउनका लागि एकत्रित रुपमा आन्दोलन गर्नु अहिलेको आवश्यकता छ ।’

फरक प्रसङ्गमा नेता महतोले मधेस केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरू एकत्रित हुनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + five =