अनेराश्ववियु विराटनगरको अध्यक्षमा विवेक बस्नेत
२०८० माघ २४ गते

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगरपालिकाको अध्यक्षमा विवेक बस्नेत निर्वाचित भएका छन्।
युनियनको दोस्रो अधिवेशनबाट बस्नेतको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन भएको हो।
समितिको उपाध्यक्षमा आरोग्य थापा, सचिवमा नारायण चौलागाईँ, सहसचिवमा विवेक दास, मनिश सरदार, सुसान्त चौधरी र कोषाध्यक्षमा कृस्टिना बस्नेत निर्वाचित भएकी छन्।
कोषाध्यक्ष बस्नेत एमाले नेता पर्शुराम बस्नेतकी छोरी हुन्।

२०८० माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित








