क्यानडाविरुद्धको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडाविरुद्धको सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात् माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात् माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात् माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ ।

खेल बिहान ९: १५ बजेदेखि सुरु हुने छ । क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

जसमा रोहित पौडेल, आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

प्रतिक्रिया

2 thoughts on “क्यानडाविरुद्धको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक (तालिकासहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =